राजाहरूले तरुनी खेलाउन सिकाए

Share

दिल निशानी मगर

आफ्नो देशको राजा नमानेर अरू देशको लेनिन र मार्क्सलाई मान्ने भन्नेहरू हो, अरू देशको लेनिन र मार्क्स मात्रै हैन, सर आइज्याक न्यूटन, एडम स्मिथ, ग्यालिलियो ग्यालिली, अल्बर्ट आइन्स्टाइन लाई पनि मानिन्छ । लेनिन र मार्क्स कुनै दलका नेता थिएनन्, विचारक थिए, जसले मानव जातिलाई Historical Materialism सिकाए, Labour Theory of Value सिकाए ।

तर, नेपालको राजाले त्यस्तो केही सिकाएनन् । यिनीहरूले तरुनी खेलाउन सिकाए, हात्ती र गैँडा मार्न सिकाए, सुसारे राखेर बलात्कार गर्न सिकाए, मूर्ति चोर्न सिकाए, बोल्नेहरूको घाँटी रेट्न सिकाए, लेख्नेहरूको औँला काट्न सिकाए, कोत पर्व र भण्डारखाल पर्व मच्चाउन सिकाए, आफ्नै परिवारको वंश नाश गर्न पनि सिकाए । अनि किन आदर्श मान्नु पर्ने यस्ता नार्सिसिस्टिक हरुलाई ? गाँजा खान सिकाए त लेख्नै बिर्सिएछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *