काठमाडौँ । चिकित्सकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् । मुम्बइस्थित ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल क्लियर’ भनेर रिपोर्ट दिएको राणाको भनाइ उद्धृत गर्दै राप्रपाका सहायक महामन्त्री ऋषि राज देवकोटाले जानकारी दिए ।
‘स्वास्थ्य फलोअप’ मा जानुभएका पार्टी महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक डा धवल शमशेर राणाको स्वास्थ्यमा केही समस्या नदेखिएको रिपोर्टसहित डाक्टरले अल क्लिअर भनेको भर्खरै जानकारी आएको छ’, उनले शुक्रबार बिहान भने ।
गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राणा केही दिनअघि मात्रै क्यान्सरकै फलोअप उपचारका लागि रिहा भएका थिए । रिहा भएलगत्तै बुधबार उनी मुम्बई गएका थिए ।
राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि गत असोजमा ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ शल्यक्रिया भएको थियो । त्यतिबेला उनले करिब ३ महिना भारतमा उपचार गराएका थिए । तर शक्लक्रिया गराएको ठाउँमा मासुको डल्लोस्तो पलाएकामा अहिले चिकित्सकले सबै अवस्था सामान्य रहेको रिपोर्ट दिएकाे बताइएको छ ।
Good https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT
Awesome https://lc.cx/xjXBQT
Good https://lc.cx/xjXBQT
Good https://lc.cx/xjXBQT
Very good https://t.ly/tndaA
Good https://urlr.me/zH3wE5
Good https://rb.gy/4gq2o4
Awesome https://rb.gy/4gq2o4
Very good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2