भेडा जनता – सिस्टम होइन, सेलिब्रिटी खोज्ने मुलुक

Share

स्वर्गीय गणेशमान सिंहले नेपाली जनता भेडा हुन भनेको मजाक थिएन । त्यो त इतिहासको एक पाना थियो, जसले भविष्यको राजनीतिक नक्सा कोरेको रहेछ । जहाँ जनता नेताको भीडमा हराउने, नीति होइन, नारा खोज्ने, र पार्टी होइन, पात्र पूज्ने ।

अहिलेसम्म के बुझियो भने: देश बनाउने हो भने हर्के जस्तो माइक बोकेर कराउनु पर्छ, बालेन जस्तो मेयर जितेर फेसबुकमा ट्रेन्डिङ हुनु पर्छ, अनि त्यसपछि, हामी केही फरक गर्छौ भन्ने ढोंगले हिड्नुपर्छ । देश बनाउने लठ्ठी लिएर हिड्नेहरू अहिले सेलिब्रिटीज बन्छन तर जब नीति निर्माणको कुरा आउँछ, त्यही सेलिब्रिटीहरू मौन हुन्छन, अलमलिन्छन र पन्छिन्छन ।

हेरौं, बालेन कुन पार्टीमा छन ? हर्के कति जना सांसद लिएर देश बनाउँदैछन । राजनीतिक सोच छैन, नीति छैन, संरचना छैन, केवल भीडको मन जित्ने भाषण छ । र जनता ? ताली ठोक्ने, ट्रेन्ड बनाउने, अनि पाँच वर्ष पछि अर्को नयाँ अनुहार खोज्ने । यो चक्र त देश बनाउने होइन, देश घुमाउने हो ।

बरु रबि लामिछानेले कम्तीमा पार्टी त खोले, प्रयास त गरे, विचार पुऱ्याए । सफल भए या असफल त्यो अलग विषय हो । तर उनले “म नेता होइन, म तपाईंको साथी” भन्ने नाटक गर्दै हिडेनन । आज जनताले नेता खोजिरहेका छैनन, ‘सेलिब्रिटी नेता’ खोजिरहेका छन । जसको बोलीमा मिठास होस, नीति भए नभएपनि गनगन सुनियोस ।

देश कहिल्यै व्यक्ति विशेषले बन्दैन । देश त सिस्टमले, संस्थाले, विधिले बनाउने हो । हाम्रा पुराना नेताहरूले लडे, झुकेनन्, जेल गए, तर जनतालाई चेतना दिए । आजका नेताहरु भने स्टेजमा गाउँने, माइक बोक्दै कराउने, युट्युब र फेसबुकमा ट्रेन्डिङमा बस्नेबाहेक केही पनि छैनन ।

भोलिका पुस्ताले सोध्नेछ: “तपाईंहरूको समयमा सिस्टम बनाउने कोसिस किन भएन ?” अनि जवाफमा हामी के दिने ? “हामी त भेडा थियौं, सेलिब्रिटी हेरेर जोसिदै बस्यौ ?”

फाराप रुम्बा तामाङ, फेसबुक वाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *