नेकपा माओवादी केन्द्रको जनजागरण अभियानले लहर ल्यायो, जनताको भावनात्मक साथले माहोल तातियो

Share
जाजरकोटका महिला क्रान्तिकारी प्रचण्ड संग फोटो खिचाउदै

०९ वैशाख २०८२, जाजरकोट, छेडागाड – देशभर जनजागरण अभियानमा जुटेको नेकपा माओवादी केन्द्रले जनतामाझ उत्साहपूर्ण वातावरण सिर्जना गरिरहेको छ । हालै जाजरकोटको छेडागाड नगरपालिका, मनाघाटमा आयोजित विशाल जनसभामा एक भावुक क्षणले सबैको ध्यान खिच्यो – एक क्रान्तिकारी महिलाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोटो खिच्ने अवसर पाउँदा खुसिको आँसु खसालिन् ।

उनको त्यो भावनात्मक प्रतिक्रिया त्यत्तिमै सीमित थिएन । यसअघि चितवनमा सम्पन्न यस्तै कार्यक्रमका क्रममा दुई वृद्ध महिलाले “यो देश बनाउने मान्छे तपाईं नै हो” भन्दै प्रचण्डलाई आँशु सहित आशीर्वाद दिएकी थिइन् । त्यस्तै गोर्खाको कार्यक्रममा अर्की वृद्ध महिलाले आफ्नै हातले बुनेको भेडाको ऊनको स्टाकोट प्रचण्डलाई उपहार दिएकी थिइन्, जुन दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।

गोर्खाका बृदा आमा प्रचण्डलाई कोट उपहार दिएपछि खुसि मुद्रामा

माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानले गाउँगाउँमा पुगेर जनताको जीवनसँग जोडिएका मुद्दा उठाउँदै आएको छ । नेताहरुको प्रत्यक्ष संवाद, सांस्कृतिक कार्यक्रम, र स्थानीय जनसम्पर्कले गर्दा आम नेपाली जनतामा पार्टीप्रतिको आशा र विश्वास अझै मजबुत हुँदै गएको देखिन्छ ।

पार्टीका अनुसार अभियानले पार्टी र जनतालाई अझ सघन रूपमा जोड्ने उद्देश्य राखेको छ। “हामी फेरि जनताको बीचमा छौं, उनीहरुको भावना, सपना र पीडासँग प्रत्यक्ष जोडिन यही अभियानमार्फत चाहन्छौं,” एक पार्टी नेताले बताए ।

देशभर फैलिएको जनसहभागिता, वृद्ध आमाहरुको आँशु, र युवाहरूको उत्साहले देखाउँछ – माओवादी केन्द्रको जागरण अभियानले पुनः एकपटक जनताको मुटुमा ठाउँ बनाउन थालेको छ ।

गोर्खाको कार्यक्रममा लिएको तस्विर

2 thoughts on “नेकपा माओवादी केन्द्रको जनजागरण अभियानले लहर ल्यायो, जनताको भावनात्मक साथले माहोल तातियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *