छिरिङ ल्हामु लामाको प्रहार: “गफ होइन, काम गर, जनतालाई धोका दिन बन्द गर”

Share

काठमाण्डौ, ११ जेष्ठ – जुम्लाकी सांसद छिरिङ ल्हामु लामाले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीप्रति कडा आलोचना गर्दै जनतालाई भ्रममा पार्ने प्रयास नगर्न चेतावनी दिएकी छन्। लामो समयदेखि जिल्लामा कुनै ठोस काम नगरेको भन्दै उनले शाहीलाई “गफाडी”को संज्ञा दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा सांसद लामाले भनिन्, “केही समय आन्तरिक लडाइँमा व्यस्त हुँदैमा बाहिर स्याल कराउन थालेका छन् । टिकट नपाएको भनेर ‘हावा तर्क’ गर्दै आफ्नो बेइज्जत नगर भाइ, जनताले तिमी जस्ता तथ्यहीन बोल्नेहरूलाई पत्याउन छोडिसके ।”

शाहीले आफ्नो राजनीतिक सक्रियता र भ्रष्टाचारविरुद्धको अभियानको चर्चा गर्दै आएका बेला लामाले त्यसलाई ढोंगको संज्ञा दिँदै आरोप लगाइन्, “दिउँसो कार्यालय धाउने, राति भने त्यही कार्यालय प्रमुखसँग बार्गेनिङ गर्ने तिम्रो धन्दा चलिरहेको छ ।”

लामाले शाहीको योग्यता र क्षमतामाथि प्रश्न उठाउँदै थपिन्, “छ महिनाको क्याप तालिम लिएर आफूलाई चार्टर्ड एकाउन्टेन्ट र अर्थशास्त्री भन्नु जनतालाई भ्रममा पार्ने हो । सिप नलागेर सिधै राजनीतिमा पसेका तिमी अझ ठूलो कुरा गर्छौ ?”

उनले जिल्लामा शाहीले हालसम्म कुनै ठोस काम नगरेको आरोप लगाउँदै भनिन्, “ढाई वर्षमा जिल्लाको लागि एउटा मात्र काम प्रमाणसहित देखाउनुस्, होइन भने चुप लाग्नुस्। बझाङ–बाजुराको योजना जुम्लाको नाममा दाबी गरेर जनता मूर्ख ठान्न छाड्नुस् ।”

अन्त्यमा, उनले शाहीलाई खुला बहसको चुनौतीसमेत दिँदै भनिन्, “दुई वर्षअघि नै खुला बहस गरौं भनेकी थिएँ, त्यतिबेला लुकेर बस्ने, अब भने बाहिर गफ हाँक्ने? जनता सब देखिरहेका छन्, अब झुटो भाषण होइन, काम गर ।”

सांसद लामाको यो अभिव्यक्ति जिल्ला राजनीति थप तातेको संकेतका रूपमा हेरिएको छ ।

2 thoughts on “छिरिङ ल्हामु लामाको प्रहार: “गफ होइन, काम गर, जनतालाई धोका दिन बन्द गर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *