माओवादी केन्द्र, नेसपा र नेपा: राष्ट्रिय पार्टीबीच एकता, गंगानारायण १० वर्षपछि पुरानै घर फर्किए

Share

काठमाडौं, १२ जेठ — नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपा: राष्ट्रिय पार्टीबीच पार्टी एकता भएको छ । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष गंगानारायण श्रेष्ठले एकता सहमति पत्रमा हस्ताक्षर गर्दै औपचारिक रुपमा एकताको घोषणा गरेका हुन् ।

१० वर्षअघि माओवादी पार्टी परित्याग गरेका श्रेष्ठ फेरि पुरानै राजनीतिक घर फर्किएका हुन् । माओवादी केन्द्रमा फर्केका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, आजकै मितिमा माओवादी केन्द्र र नेपा: राष्ट्रिय पार्टीबीच पनि पार्टी एकता सम्पन्न भएको छ । लगातार बिभाजित हुँदै गएका वामपन्थी शक्तिहरू पछिल्लो समय एकतर्फ उन्मुख भइरहेका छन् ।

समारोहमा अध्यक्ष प्रचण्डले नयाँ आउने नेता–कार्यकर्तालाई स्वागत गर्दै भने, “मलाई नयाँ साथीहरूलाई बढी प्राथमिकता दिने गरिन्छ र पुरानोलाई व्यवस्थापन गरिन्छ भन्ने आरोप लाग्ने गर्छ, तर वास्तवमै म नयाँ मित्रहरूलाई अलिक बढी नै प्राथमिकता दिने गर्छु।”

उनको भनाइले पार्टीभित्र नयाँ र पुराना कार्यकर्ताबीचको सन्तुलन कसरी कायम गरिने भन्ने विषयमा चासो थपिएको छ ।

पार्टी एकतासँगै माओवादी केन्द्रले आफ्ना संगठन विस्तार तथा आगामी राजनीतिक रणनीति सुदृढ पार्न नयाँ ऊर्जा हासिल गरेको देखिएको छ ।

One thought on “माओवादी केन्द्र, नेसपा र नेपा: राष्ट्रिय पार्टीबीच एकता, गंगानारायण १० वर्षपछि पुरानै घर फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *