
कुरा यस्तो हो, एकदिन पृथ्वी नारायण शाह सपनामा ह्वात्तै ब्युँझिएछ । सपनामा उसले एउटा विशाल मुलुक देखेछ, जहाँ सबै जाति, धर्म, संस्कृतिको मान हुन्थ्यो । अनि त्यो सपना देखेपछि बिहानै रैतिहरु भेला गरेर भनेछ “ए भाइहरु, आजैदेखि म “नेपाल” बनाउँछु ।
र त्यसै दिनदेखि सुरु भयो “एकीकरण” नामको हत्यायात्रा । जहाँ ससुराली बनाउनू, मित लगाउनू, धम्क्याउनू, ढाल र खुकुरी देखाएर गाउँका गाउँ लुट्नू, यी सबैलाई “राष्ट्र निर्माण” को महाअभियान भनियो । त्यो अभियानमा कसैको टाउको उड्यो, कसैको मातृभाषा, संस्कार, इतिहास मेटियो । अनि रैतिहरु भने गर्जिए “राजाका पुर्खाले आर्जेको देश !”
अब सोध्न मन लाग्छ, हो र ? के राजाले आर्जेको देश भन्नुको अर्थ नै अरुको घर जलाई, अरुको भुमिमा झन्डा गाड्नु हो ? चीनसँग युद्ध गरेर चीनको एक इञ्च पनि ल्याउन सकेका छैनन, भारतसँग लडेर एक हात जमिन पनि गाभ्न सकेका छैनन । तर आफ्नो भित्रकै तामाङ, मगर, गुरुङ, थारु, लिम्बू, राई लगायतका जातिका राजा र रजौटा लाई काटेर, लुटेर गाभिएको राज्यलाई भने देशको एकीकरण भनियो !
बिर्सेका छैनौ हामी तामाङले ३० हजार वर्ष अघिदेखि हिमाली भेगका थुम र गढीहरुमा आत्मनिर्भर गणराज्य सञ्चालन गरिरहेका थिए । त्यहाँ धर्म, भाषा, सामाजिक संरचना, सभ्यता सबै थियो । कुनै गोर्खाली फर्मानको जरुरत थिएन । तर एक दिन गोर्खाबाट खुकुरी बोकेर आएका पुतली कर्णेलहरुले ती गणराज्यलाई “जंगलका जंगली” भनेर कब्जा गरे । अनि बनाइयो “एक राष्ट्र, एक भाषा, एक धर्म, एक राजा” को नेपाली जेल । त्यो कतिनै भयो र ! अस्ति भर्खर २/३ सय बर्ष अघिको कुरा हैन ?
एकाध भद्रजातका दास न्यौरीहरुलाई चाकरी र चुल्लु थाप्न लगाएर, कतै ससुराली जोडे, कतै मित गासे, अनि कतै खुकुरी देखाएर आत्मसमर्पण गराइयो । त्यसपछि बाँकी सबैलाई रौताहा, तामाङ, दमाई, कामी, राई, थारु, मगर बनाएर दरबारको सेवा चाकरीमा लगाइयो । अनि यही व्यवस्थालाई भनियो “राजाले बनाएको सुन्दर नेपाल !”
आज ती रैतिहरु जुन उही दरबारको परिकल्पित स्वर्णकालको सपना देख्छन, गर्जिएर भन्छन: हाम्रा “राजाका पुर्खाले आर्जेको देश !” केटाकेटीले बनाएको घर खेलौना खोसेजस्तो शैलीमा आर्जेको देश भनेर हामीमाथि अझै घमण्ड गर्छन ।
अब तीजमा नाचेको शैलीमा राजा फर्काउने नाराले झुमेको राष्ट्रप्रमी रैतिहरु ! एकचोटि फुर्सद निकालेर हिमाली क्षेत्रका खण्ड – खण्डमा गुमाएका, बलात् गाभिएका, तामाङ-मगर-थारु-लिम्बूका राज्यहरुको नक्शा हेर्नु ! त्यो नक्शा हेर्दा थाहा हुन्छ, राजा एकीकरणकर्ता थिए कि सत्ताको डकैती गर्ने चतुर अपराधी ।
हामीले अब त्यो झुठको पाठ्यपुस्तक जलाइसकेका छौ । अब हामी आफ्नो इतिहास आफै लेख्छौ, हाम्रा पुर्खा राज्यसञ्चालक थिए, तिम्रा राजा त कब्जाकर्ता मात्र ।
Share our products, reap the rewards—apply to our affiliate program! https://shorturl.fm/IhwWc
Monetize your traffic instantly—enroll in our affiliate network! https://shorturl.fm/TVAvY
Earn passive income with every click—sign up today! https://shorturl.fm/QD90r
Share our products and watch your earnings grow—join our affiliate program! https://shorturl.fm/J19tk
https://shorturl.fm/dZzil
https://shorturl.fm/Vt0mK
https://shorturl.fm/Mez4E