“फाराप रुम्बा तामाङ”
सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौ: बौद्ध धर्मको मुल शिक्षामा रक्सीको सेवन र चढाउने परम्परा निषेध गरिएको छ । बुद्धले पञ्चशील मध्ये एकमा “मद्यपान नगर्नु” भन्ने स्पष्ट वचन दिनुभएको छ । तर, वज्रयान बौद्धधर्ममा केही तान्त्रिक पुजाहरूमा रक्सी प्रयोग हुने विशेष सन्दर्भहरू छन, तर ती अत्यन्तै गोप्य, सीमित, र प्रतीकात्मक हुन्छन ।
कुन पुजामा रक्सी चढाइन्छ ?
“गुप्त तन्त्र / वज्रयान तन्त्र” भित्र विशेषत; छोड पुजा, गुरु पद्मसम्भव पुजाहरू, डाकिनी पुजा, र कपाल पुजा, जुन तिब्बती तान्त्रिक परम्परामा पर्छ । यी पुजाहरूमा “रक्सी” अज्ञानता र मोह लाई बली दिन प्रयोग हुने प्रतीक हो । र दोस्रो “गनाचक्र पुजा” अन्तरगत तान्त्रिक भजन, मन्त्र र रितिअनुसार देवी देवतालाई चढाइन्छ, यहाँ आत्मत्याग र बन्धनविहिनताको प्रतीक अमृतको रुपमा लिइन्छ ।
विधि र परम्परा कसरी रहन गयो भन्दा पद्मसम्भव (गुरु रेम्पोर्छे) ले वज्रयान परम्परा तिब्बत र हिमाली क्षेत्रहरूमा प्रविष्ट गराउँदा उनले हिन्दु तन्त्र, बोन धर्म र स्थानीय अनुष्ठानहरूसँग मिश्रण गरे, यसैले केही तान्त्रिक साधनामा साङ्केतिक र प्रतीकात्मक रूपमा रक्सी, मांस आदि प्रयोग गरियो । काय, वाक, चित्तको शुद्धीकरण गर्ने साधन को रूपमा । समयक्रममा तिब्बती बौद्ध परम्परा स्थानीय संस्कृति (तामाङ, शेर्पा, गुरुङ आदिमा) मिसिदै गएपछि केही मठहरूमा रक्सी देउतालाई मनपर्ने वा चढाउन पर्ने वस्तु भनेर विकृत परम्परा बस्यो ।
तर सत्य के हो भने परम्परागत तान्त्रिक अभ्यासहरुमा रक्सी प्रतीकात्मक मात्र हुन्छ, सेवन गर्न होइन । पुजामा चढाइएको वस्तु अमृतका रूपमा लिइन्छ । तर आज, अज्ञानी र तथाकथित लामाहरूले यसलाई मौलिक परम्परा भन्दै झुक्याउने माध्यम बनाएका छन ।
अब “महाकाल” के हो बुझौ !
महाकाल धर्मपालक (Protector Deity) हुन । विशेषतः वज्रयान परम्पराका चण्ड रूपमा देखिने, राक्षसी शक्तिलाई बशमा पार्ने र साधकको मार्गको रक्षा गर्ने देवता हुन । महाकाल तिब्बतमा “डोर जे शुग डेन” का रूपमा पुजिन्छन । हिन्दु र बौद्ध दुबै परम्परामा महाकाललाई भैरवको रूप पनि मानिन्छ, तर बौद्ध महाकाल विशुद्ध वज्रयान साधनाको अंग हुन । महाकाल क्रोधी रूपमा भए पनि, ज्ञान, करुणा र रक्षकताका प्रतीक हुन ।

परम्परागत वज्रयान अनुसार महाकाल पुजामा रक्सी चढाइन्छ तर सन्दर्भीय र सीमित रूपमा र प्रतीकात्मक, गुप्त, अनुशासित तान्त्रिक अभ्यासहरूमा मात्र हुन्छन । सार्वजनिक, बाह्य, जातीय रूपमा देखिने पुजामा यो लागु हुँदैन । तिब्बती वज्रयान परम्परा नेपाल प्रवेश गर्दा, बोन धर्म, हिन्दु तन्त्र, र स्थानीय किराँत-तामाङ आदि जातीय परम्परासँग मिसिएर महाकाल पुजा पनि मिश्रित स्वरूपमा अघि बढ्यो । त्यसैले अहिलेको महाकाल पुजा धार्मिक भन्दा धेरै सांस्कृतिक-जातीय र परम्परा भन्दा बढी “आडम्बर र आड्यौलिकता” मा परिणत भएको छ ।
यहाँ म सम्भोटा लिपिमा लेखिएको श्लोग नेपालीमा राख्न चाहन्छु, अशुद्ध भएमा माफ गर्नुहोला किनकी लामो समयसम्म पस्तुक नपल्टाएको कारण अक्षर उच्चारणमा कठिनाइ हुँदोरहेछ ।
~ दुङ पोइ दुग चेन पोइ ग्रोन पोइ
~ ग्रोचेन ग्रुप पोइ च्योद्पा थेङ् बास्युम पोइ
~ दोर्जे ग्याल्बा शिग शिग
~ च्युद्पा टुब्पर टोन्पो ला च्याद्पा फेल पर
~ मतेक थुन पोइ देर च्योइ चेद
यो श्लोग “मद्य” अर्थात रक्सी पुजाको अंशरुप प्रस्तुत गर्ने विधि बताउँछ, जहाँ मन्त्रजबसँगै यसले निर्मित “अमृत” ज्ञानद्रव्य स्वरुप ग्रहण गरिन्छ ।
नेपालका हिमाली बौद्ध परम्परामा “महाकाल” पुजा एक अत्यन्तै शक्तिशाली एवं भयावह प्रतीकको रूपमा स्थापित छ । तर यो पुजा आज जनताको चेतनामा होइन, बिकृतिको रंगमञ्चमा बदलिएको छ । शक्तिको उपासना नगरेर शराब, स्त्री, मांस, मृत्युको उत्सव बनाइएको छ ।
महाकाल धर्मपाल “रक्षक” देवता डरलाग्दो स्वरुप: रगत टप्किने खप्पर हातमा, शवमाथि नाच्ने भयंकर रूप, रापिने आँखाको ज्योति, गहना सट्टा हड्डी र नरमुन्डा प्रतीकको तहमा यो “अहंकारको भस्म, मोहको चिता र अज्ञानताको टुंगो” हो । तर आज महाकालको पुजामा शव छैन-खसी छ, मन्त्र छैन-डीजे छ, ध्यान छैन-रक्सी छ । र यहीबाट सुरु हुन्छ नेक्रो–एरोटिक विकृति ।
महाकाल पुजा विशेषत पाँच मकारको साधनामा आधारित हुन्छ: १. रक्सी – चेतनाको बाँध तोड्ने प्रतीक, २. मासु – अहिंसाको सिमालाई चिर्ने माध्यम, ३. माछा – संवेदनशीलता र जीवनचक्रको संकेत, ४. स्त्री – यौगिक उर्जा, प्रतिकात्मक यौनता, र ५. योग – चित्त र तत्वको मिलन । यी सबै कुराहरू प्रतीकात्मक छन, चेतनाको उन्नयन गर्नका लागि, मोह होइन । तर आज नेपालमा यी पाँच मकारहरू “पाँच खानपिनका ब्राण्ड” बनेका छन । रक्सी, मासु, युवती, धुप, डीजे” यही हो आजको महाकाल पुजा ।
तान्त्रिक महाकाल पूजामा “शव” एक चेतनशील प्रयोग हो मृत शरीर प्रतीक हो “म म हुँ” भन्ने अहंकारको । खप्परमा चढाइएको रक्सी “सत्य” पिउने अभ्यास हो । तर आज, “खप्पर” प्लास्टिकको गिलास भयो, “मृत्यू” मासुको सिको भयो, “मन्त्र” TikTok ह्यासट्याग भयो र महाकालको पुजा अब “भाव” होइन “शो” बनिसक्यो ।
बज्रयान बौद्ध धर्मको तान्त्रिक शाखामा महाकाल, गुरु पद्मसम्भव (गुरु रेम्पोर्छे) र डाकिनीहरूको पूजामा रक्सीको प्रयोग एक प्रतीकात्मक र साधनात्मक अभ्यासका रूपमा प्रयोग गरिन्छ भन्ने जानकारी गराए ।
अब केमा राखेर रक्सी चढाइन्थ्यो, र कति मात्रामा चढाइन्थ्यो भन्ने बुझौ !
पारम्परिक रूपमा रक्सी अर्पण गर्न खप्पर वा विशेष पुजणिय पात्र कपाल प्रयोग गरिन्थ्यो । यो पात्र प्राय मानवीय खप्परको स्वरूपमा बनाइन्थ्यो, कहिले वास्तविक खप्पर पनि । खप्पर तान्त्रिक परम्परामा “मृत अहंकार” को प्रतीक हो । खप्परमा चढाइएको रक्सीलाई अमृतको रूपमा मानिन्थ्यो ।
सन्देश यस्तो हो: तिमी मर्छौ, तिम्रो अहंकार मर्छ, अनि त्यसपछि मात्र तिमी अमृत प्राप्त गर्छौ ।
कति मात्रामा चढाइन्थ्यो ?
मात्रा निकै सीमित हुन्थ्यो, सामान्यतया अञ्जुलीले अट्ने जति । र उद्देश्य चढाउनु हो, पिउनु होइन । कतिपय अनुष्ठानमा तान्त्रिक गुरु मात्र थोरै रस ग्रहण गर्ने, शिष्यले नगर्ने हुन्छ । कुनै पनि तान्त्रिक साधनामा ‘मात्रा’ अत्यन्त सन्तुलित हुन्छ। धेरै प्रयोग गर्नेलाई “भोगवादी तान्त्रिक” भनी हेपिन्थ्यो पनि ।
गुरु पद्मसम्भवको परिप्रेक्ष्यमा
गुरु पद्मसम्भव आफैले तिब्बत र नेपालमा तान्त्रिक बुद्धधर्मको विस्तार गर्दा डाकिनी, महाकाल, यामान्तक, एकजटा, हेरुका जस्ता उग्र देवता र तान्त्रिक देवीहरूको साधना गराएका थिए । उहाँले पाँच मकारलाई प्रतीकात्मक रूपमा ग्रहण गर्नुपर्ने कुरा सिकाउनु भएको थियो । तिब्बती च्योद तन्त्र” (हामि कहाँ च्योइ तन्त्र भन्ने गरिन्छ) मा खप्पर र अमृतको प्रयोग प्रमुख हुन्छ ।
आज तामाङ, शेर्पा, गुरुङ बस्तीहरूमा “महाकाल पुजा” नाममा लामा गुरुहरूले ठुला देवी आएकी छिन भन्दै रक्सीका पेटी माग्छन । हिन्दुको त डबल रेटमा बोका काटिन्छ, मण्डलीका नाममा लुट हुन्छ, तन्त्रको नाममा दारुबाज, झ्यापे, अधर्मीलाई भक्त बनाइन्छ । यसले बुद्धको मुल शिक्षालाई अपमान गरेको मात्र होइन, एउटा जातीय आत्मालाई दासत्वतर्फ धकेलेको छ । र नेपाली महाकाल पुजामा तान्त्रिक परम्पराको नाममा मृत्यु (Necro) र कामना (Eroticism) को मिश्रण सांस्कृतिक शवसाधनाबाट सांस्कृतिक शवब्यापारमा रुपान्तरण भएको छ । त्यसैले यो पुजा होइन, प्रतीकहरूको बलात्कार हो ।
महाकालको भयावह रुपलाई बुझ्नेलाई त्यो अज्ञान नष्ट गर्ने बौद्धिक शस्त्र हो । नबुझ्नेलाई त्यो रक्सी बेच्ने लाइसेन्स मात्र । बुद्ध धर्मले रक्सीलाई नकार्छ, बज्रयानले केही सम्दर्भमा प्रतीकात्मक प्रयोग गर्छ, तर आजको “रक्सी पुजा” पुर्णरुपमा बिकृती हो, शिक्षामा होइन ।
अन्तमा: यदि मैले प्रस्तुत गरेका यि ऐतिहासिक र धार्मिक सन्दर्भहरू तपाईलाई असत्य, भ्रमपुर्ण वा अतिरञ्जित लाग्छन भने कृपया कुनै पाखण्डी लामा होइन, एक सिद्ध, अनुभवी र ज्ञानमा स्थापित गुरुसमक्ष पुगेर पुष्टि गर्नुहोस, किनकी सत्यको खोज बहसले होइन, आत्मज्ञानले हुन्छ ।
Drive sales and watch your affiliate earnings soar! https://shorturl.fm/upZiD
Boost your income—enroll in our affiliate program today! https://shorturl.fm/RA9CB
Boost your profits with our affiliate program—apply today! https://shorturl.fm/eritL
Your network, your earnings—apply to our affiliate program now! https://shorturl.fm/ft3z2
https://shorturl.fm/MTpCD
https://shorturl.fm/4AkpU
https://shorturl.fm/Z1ZBC
https://shorturl.fm/SJpCJ
https://shorturl.fm/CnFvs