
अर्धग्यानी झाँक्री बिद्वेषीहरू ! तिमीहरू आफै बिकृतिको कारक हौ ।
“हि” धेरै तान्त्रिक यन्त्रहरूमा “हि” अक्षर “ह्री” (ह्री बीज मन्त्र) को संक्षिप्त रूप हो भन्ने मानिन्छ । “ह्री” देवीहरूको शक्तिलाई सूचक मानिन्छ । विशेषगरी महाकाली, बगलामुखी, वा त्रिपुरा सुन्दरी जस्ता शक्तिशाली देवीहरूको मन्त्रमा यसले गुप्त शक्ति, रक्षा, आकर्षण, र ज्ञानको संकेत दिन्छ । यसलाई “शक्तिको आवाहन गर्ने बीज” पनि भनिन्छ ।
“ठ” अक्षर तान्त्रिक परिप्रेक्ष्यमा अलिक विशेष अर्थ राख्दछ । प्रायः तान्त्रिक कवचमा “ठ” दुश्मनको टाढा पार्ने, रक्षा गर्ने, स्थायित्व दिने प्रभावकारक बीजध्वनि मानिन्छ । कतिपय पुराना यन्त्र ग्रन्थहरूमा “ठं”, “ठ:” वा “ॐ ठं ठ:” जस्ता मन्त्र पाईन्छन, जसले दुष्ट आत्मा, बाधा, भूत-प्रेत हटाउने संकेत गर्छ । “ठ” उच्चारण गर्दा शारीरिक रूपमा पनि टाढा हान्ने / रोके जस्तो ध्वनि आउँछ । त्यसैले तान्त्रिक प्रयोगमा यसको मनोवैज्ञानिक प्रयोग पनि रहन्छ ।
तात्त्विक (तत्व) दृष्टिकोण: हिन्दु तान्त्रिक चिन्तनमा प्रत्येक अक्षर कुनै तत्व (पञ्चतत्त्व) सँग जोडिन्छ । उदाहरण: “ह” आकाश तत्व । “ठ” पृथ्वी / स्थायित्वको संकेत । त्यसैले “हि” र “ठ” को संयोजन गर्दा एक प्रकारको सन्तुलन, रक्षात्मक शक्ति, र आन्तरिक नियन्त्रण दर्शाउने संकेत हुन ।
अन्य सम्भावना गोप्य लिपि (तान्त्रिक संकेत): कतिपय बुट्टी, यन्त्र, कवच आदि गुप्त संकेत (कोडेड तान्त्रिक भाषा) मा लेखिन्छ । “हि” र “ठ”ले कुनै देवता, नक्षत्र, वा मन्त्रको बीज (बीजाक्षर) को प्रतिनिधित्व गर्ने सम्भावना पनि हुन्छ । जुन केवल तान्त्रिक गुरुले मात्र बुझ्ने कुरा हो । खासगरी तान्त्रिक परम्परामा बाह्य व्यक्ति नबुझ्ने तर शक्ति समेट्ने लिपि बनाउने चलन थियो ।
अब आउनुहोस्, तन्त्रमन्त्रको त कुरै नगरौ, मिलारेपा पनि फेल हुने गरी तान्त्रिक युग प्रवेश गरिसकेको छ । ‘प्रकाशे’ गुरुको सिद्धि त शंकराचार्यले समेत अध्ययन गर्नुपर्ने हुन्छ । तिनको तेस्रो नेत्र हाम्रा बुद्धि लुक्न थालेको पनि बुझ्दैनौ हामी ! आफैलाई “बुद्धिजीवी” र अरूलाई “अन्धविश्वासी” भन्न थालेका एकजना झाँक्रीविरोधी “ज्ञानग्य” जसले “हि” र “ठ” लेखिएको बुट्टी देखेर ठोकुवा गरे, “यो त ठग हो ! ढोंग हो ! छर्लङ्ग नहुन्जेल केही पनि होइन ।”
तर कमरेड, यस्तो निर्लज्ज लाँछना लगाउनेलाई प्रश्न छ: कसको ज्ञान बोकेका ? कुन परम्परा पढेका ? कुन संस्कारले “साँचो” र अरूलाई “झुटा” बनायो ?
“झाँक्री” मजाक होइन, त्यो हाम्रो सभ्यता हो । झाँक्रीको अभ्यास कुनै ठगी होइन, त्यो हजारौ वर्ष पुरानो लोक परम्पराको प्रतिनिधि हो । तामाङ, गुरुङ, शेर्पा, मगर, किराँत, थारु लगायतका आदिवासी जनजातिहरूको मौलिक चिकित्सा र तान्त्रिक परम्परा यही हो, जहाँ आधुनिक विज्ञान पुग्न सक्दैन, त्यहाँ झाँक्रीको झुम्का र ढ्याङ्रोको आवाज पुग्दछ । त्यसैले “भुजेल” को ज्ञान भनेको ज्ञान होइन, दम्भ हो ।
जुन व्यक्तिले बोन धर्म, तान्त्रिक दर्शन, बीज मन्त्र, यन्त्र, र मंत्रको व्याकरण नबुझीकन भाषण ठोकिन्छ, त्यो ज्ञानको प्रचारक होइन, विकृति फैलाउने बौराहा हो । हामीले हाम्रो लोकमान्यता, देवी-देवतामा विश्वास राख्यौ । त्यही भत्काउन, त्यसलाई “ठग” को शब्दमा अपमान गर्न खोज्नु भनेको त्यो आलोचना होइन, उत्पीडनको अर्को रूप हो ।
“हि” र “ठ” लेखिएको बुट्टी त थोरै हो, भुजेलको जिब्रोमा त पूरा अज्ञानको सर्प लटपटाइरहेछ ! “हि” र “ठ” को प्रयोगले शक्ति जगाउँछ भन्ने विश्वास हजारौ तान्त्रिक परम्परा र अनुभवले पुष्टि गरेको छ । तर त्यसलाई “नक्कली” भनेर उडाउँदा, उडान हावामा हैन, घमण्डमा देखिन्छ ।
समाज बिगार्ने त झाँक्री होइन, यस्ता पात्रहरू आधा ज्ञान चपाएर, दुई-चार युट्युब भिडियो हेरेर, आफैलाई “बुद्धिजीवी” र अरूलाई “अन्धविश्वासी” भन्दै धन्दा चलाउनेहरु हुन । हामी त गाउँका बुढी आमालाई झारफुक गरेर जीवन दिइरहेका छौ । तर यिनि युट्युबकै ज्ञान बोकेर गाउँ पुगेपछि सबैलाई “पागल” भन्न थाल्छ ।
त्यसैले, हे अर्धग्यानी आत्मा ! झाँक्रीको मन्त्र Google सर्चले पत्ता लगाउँदैन । बुट्टीमा ‘हि’ र ‘ठ’ लेख्ने तान्त्रीकहरु ठग’ हैन । तिमी जस्ता नकचरो विवेकहीनहरू “ठग ज्ञान” का प्रचारक हौ ।
हाम्रो आस्था नबुझिने हो भने मौन रहनुहोस । धर्मको नाममा साम्राज्य बनाउनेहरूसँग लड्न बाँकी छ । झाँक्री भनेको त परम्परा हो, भुजेल जस्ता होइन, यो पीढी दरपीढीले मूल्यांकन गर्नेछ ।
अन्तमा: म आशा गर्छु, यिनको भिडियो हेरेपछि कुनै तन्त्र-मन्त्र, ध्यान, साधना, सिद्धि प्राप्त तान्त्रीक गुरु र यिनि बीच “तर्कको शास्त्र र अनुभवको तन्त्र आमनेसामने होउन ।” तब मात्रै सत्य र झुठ उजागर हुनेछ, नत्र यिनको झुठ दुबोझै मौलाई नै रहने छ ।
Pharap Rumba Tamang ; Facebook wall
Become our affiliate and watch your wallet grow—apply now! https://shorturl.fm/diN7Y
Join our affiliate community and start earning instantly! https://shorturl.fm/d5SmR
Join our affiliate community and maximize your profits! https://shorturl.fm/Ng0nV
Promote our brand and watch your income grow—join today! https://shorturl.fm/eunYI
https://shorturl.fm/lAPFG
https://shorturl.fm/r52gB
https://shorturl.fm/nqxdw
https://shorturl.fm/yHsEH
https://shorturl.fm/a0GEU
https://shorturl.fm/xEDog
https://shorturl.fm/AY3g7
https://shorturl.fm/Vv0SL
https://shorturl.fm/Zjpoc
https://shorturl.fm/xhkTl
https://shorturl.fm/cs2hA
https://shorturl.fm/RK5UO
https://shorturl.fm/p1whj
https://shorturl.fm/wzkt2
https://shorturl.fm/HyR8B
https://shorturl.fm/6sKGE
https://shorturl.fm/whE8W
https://shorturl.fm/ux0Gf
https://shorturl.fm/TMn16
https://shorturl.fm/NZMDF
https://shorturl.fm/0zx2y
https://shorturl.fm/aDg2q
https://shorturl.fm/NHivt
https://shorturl.fm/gJ3Bd
https://shorturl.fm/twR4s
https://shorturl.fm/wQrEy
https://shorturl.fm/6SfMK