पञ्चायतदेखि बहुदलीय प्रजातन्त्रसम्म, सत्ता बदलियो तर राज्यको क्रुरता बदलिएन । एउटा प्रहरी, लौरो बोकेर हिड्दा सिंगो जिल्ला थरथर काँप्थ्यो । त्यो डर वास्तवमा प्रहरीप्रतिको सम्मान थियो, तर सत्ताले त्यसलाई जनताको कमजोरी ठानेर दमनमा बदलिदियो । जनतामा प्रतिरोध गर्ने न साहस थिए न चेतना नै । इतिहासमा भाद्र २३-२४ को रक्तपात त्यो क्रुरताको उदाहरण हो ।
आज GenZ पुस्ताले Enough is Enough भने जसरी नै, २०५२ सालमा माओवादीले भने “अब बस भयो” भन्दै बन्दुक उठाए । किनभने त्यतिबेला केवल ढुंगामुडा गरेर राजतन्त्रजस्तो निरङ्कुशता भत्काउन सम्भव थिएन ।
माओवादीले विद्रोह लुकाएर गरेका थिएनन । उनीहरूको घोषणा स्पष्ट थियो : “हामीले राज्यको विरुद्ध बन्दुक उठाएका छौ । सक्छौ भने हामीलाई मार, हैन भने हामी तिमीहरूको निरङ्कुशता ध्वस्त पार्छौ ।”
युद्ध भयो । युद्धमा मर्ने-मार्ने हुन्छ, यो स्वाभाविक हो । त्यो विद्रोह व्यक्तिगत लोभको परिणाम थिएन, त्यो गाउँ-गाउँका शोसक सामन्तलाई खेदाएर, राजतन्त्र ढालेर गणतन्त्र ल्याउने ऐतिहासिक आवश्यकता थियो ।
तर राजतन्त्रका मतियार कांग्रेस-एमालेले त्यतिबेला माओवादीलाई आतंककारी भने । आज त्यही शब्द केही फेन्जी GenZ ले दोहोर्याइरहेका छन । उनीहरूले बुझ्नैपर्छ, यदि १७ हजार मानिस मरेका कारण माओवादी विद्रोह आतंककारी हो भने, आजका GenZ आन्दोलन पनि आतंककारी नै हो ।
फरक यत्ति मात्र हो, त्यतिबेला बन्दुक आवश्यक थियो, आज ढुंगा र सडक पर्याप्त छन । तर दुवै आन्दोलन राज्यको अन्यायप्रति असन्तुष्टिका विस्फोट हुन ।
यसैले Pure GenZ ले बुझिसकेका छन किन जनयुद्ध भयो । तर आजकल केही फेन्जी पुस्ताले “झोले आतंककारी” जस्ता शब्द प्रयोग गर्छन । यो भाषाले उनीहरूको मानसिकता प्रकट गर्छ, त्यो मानसिकता, जुन वास्तवमा आफ्नो धरातल हराइसकेका सामन्ती-शोषक तथा अपराधीका रगत-छापिएका पुस्ताले बोकेको मानसिकता हो । जनयुद्धमा जनताको कारबाही भोगेका वा जनआन्दोलनमा जनताले लखेटेका त्यही पुराना शक्ति-अवशेषहरूको रगत अझै पनि उनीहरूको भाषामा टपक्क चुहिरहेछ ।
त्यसैले, सत्य सरल छ :
– यदि माओवादी आतंककारी थिए भने, आजका GenZ पनि आतंककारी हुन ।
– यदि GenZ असन्तुष्ट पुस्ता हुन भने, माओवादी पनि असन्तुष्ट पुस्ता थिए ।
अनि इतिहासले प्रष्ट पारेको छ, माओवादी विद्रोह बिना गणतन्त्र सम्भव थिएन, जस्तै नयाँ परिवर्तन पनि आजका विद्रोह बिना सम्भव हुने छैन ।
फाराप रुम्बा तामाङ
https://shorturl.fm/0fZBK
https://shorturl.fm/MLfqm
https://shorturl.fm/0tYax