फेसबुकको दुई लाइनको स्टाटस अनि टिकटकको तिन सेकेण्ड भिडियोको भरमा आफुलाई महान क्रान्तिकारी ठान्ने भुराहरु हो,
जसरी इतिहासमा हरेक परिवर्तनकारी पात्रलाई “सत्तालोलुपता” को आरोप लगाइन्छ, प्रचण्ड पनि त्यसै जालोमा बाँधिएका छन । तर प्रश्न यही उठ्छ; यदि प्रचण्ड सिंहदरबारमा बस्न न-थालेको भए, ती सबै उपलब्धिहरू; गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली । के आज पनि बाँकी रहन्थे ?
२०६२/६३ को जनआन्दोलनपछि बनेको नयाँ राजनीतिक संरचना स्वतः टिक्ने यान्त्रिक प्रणाली थिएन । त्यसको हरेक ईटामा पुरानो राज्यसत्ताको धुलो अडिएको थियो । कांग्रेस र एमालेजस्ता दलहरू ती धुलोका संरक्षक थिए । यिनै शक्तिहरूमा राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको पुनर्जागरण, र एकात्मक राज्यसंरचनाको पुनःस्थापना गर्ने सपना कहिल्यै मरेको थिएन ।
त्यस सन्दर्भमा प्रचण्डको सिंहदरबार प्रवेश केवल सत्ता प्राप्तिको यात्रा होइन, क्रान्तिको रक्षा गर्ने अनिवार्य जिम्मेवारी थियो । सत्ता प्राप्ति उनले “संघर्षको अन्त्य” होइन, “संघर्षको नयाँ चरण” माने । किनकि परिवर्तन केवल आन्दोलनको घोषणा बाट सुनिश्चित हुँदैन, त्यो राज्यसत्ताको केन्द्रबाट कार्यान्वयन र संस्थागत संरचना निर्माणद्वारा मात्र सुरक्षित हुन्छ ।
राजनीतिक भाषामा “सत्ता” भन्ने शब्दलाई केवल कुर्सीको रूपमा बुझ्नेहरू भ्रममा छन । प्रचण्डका लागि सत्ता भनेको परिवर्तनकारी एजेन्डा कार्यान्वयनको औजार थियो । गणतन्त्रको संविधान लेखनमा नेतृत्व, संघीय राज्यको नक्सा तय गर्न लिएको भूमिका, धर्मनिरपेक्षतालाई असंवैधानिक हस्तक्षेपबाट जोगाउन गरेको प्रयत्न, यी सबै कदमहरू सत्ताको दुरुपयोग होइन, सत्ताको क्रान्तिकारी उपयोग थिए ।
यदि प्रचण्ड २०६५/६६ तिरै “नैतिक सन्त” बनेर सिंहदरबारबाट बाहिरिएका हुन्थे भने, इतिहास साक्षी छ; कांग्रेस-एमाले-राप्रपा जस्ता ठबन्धनले गणतन्त्रलाई “संवैधानिक संशोधन” को नाममा मेट्थे । संघीयता “विकेन्द्रिकरण” मा सीमित हुन्थ्यो र धर्मनिरपेक्षता “सांस्कृतिक पुनर्जागरण” को जालमा हराउँथ्यो । अर्थात, परिवर्तनका सबै उपलब्धिहरू छेनभरमा गंगामा सेलाउँथे ।
त्यसैले सत्ताको मोहले प्रचण्ड सिंहदरबारमा अडिएका हुन भन्ने आरोप, वास्तवमा परिवर्तनविरोधी शक्तिहरूको प्रचारात्मक रणनीति हो । सिंहदरबारमा बस्नु कुनै व्यक्तिक लाभको लागि होइन, संस्थागत रूपमा क्रान्तिको जीवित दस्तावेजलाई कार्यान्वयन गर्न थियो । राजनीतिमा “त्याग” भनेको केवल कुर्सी छोड्नु होइन, कहिलेकाही कुर्सीमा बसेर इतिहासको रक्षा गर्नु पनि हुन्छ र प्रचण्डले यही कठिन विकल्प रोजे ।
आजको नेपाल, जहाँ नागरिकले राजा होइन, गणतन्त्र रोज्छ, धर्म होइन, धर्मनिरपेक्ष राज्य स्वीकार्छ, केन्द्रीकृत राज्य होइन, संघीय अधिकार माग्छ । त्यो सबै प्रचण्डको नेतृत्वमा भएको परिवर्तनको प्रतिफल हो । त्यसैले म, सिंहदरबारमा प्रचण्डको उपस्थितिलाई सत्तालोलुपताको प्रतीक होइन, क्रान्तिको संरक्षकको रूपमा हेर्छु र हेर्ने पर्छ । किनकि उनले सिंहदरबारमा बस्दा सिंहासनको रक्षा गरेनन, जनताको सपना र परिवर्तनको ईटा रक्षा गरे ।

फाराप रुम्बा तामाङ
https://shorturl.fm/IvRxZ
https://shorturl.fm/IBdHR
https://shorturl.fm/OcLOm
https://shorturl.fm/rsSnH
https://shorturl.fm/KKx4b
https://shorturl.fm/LQrOm